गृहपृष्ठ एकै दिन सुनको मूल्य १३ सय रूपैयाँ घट्यो

एकै दिन सुनको मूल्य १३ सय रूपैयाँ घट्यो

तीन दिन लगातर उकालो लागेको सुनको मूल्य बिहीबार भने १ हजार ३ सय रूपैयाँले ओरालो  लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ । त्यस्तै  बिहीबार चाँदी १० रूपैयाँ घटेर १३ सय ३० रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु