गृहपृष्ठ मंगलबार सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

मंगलबार सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

सोमबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार भने ६ सय रूपैयाँ घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु