गृहपृष्ठ दुई दिनमा सुनको मूल्यमा ३१ सय रूपैयाँ गिरावट
दुई दिनमा सुनको मूल्यमा ३१ सय रूपैयाँ गिरावट
आइतबार २ हजार ३ सय रुपैयाँले ओरालो लागेको सुन सोमबार पनि ८ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन ३ हजार १ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँमा रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:१४ बजे

















