गृहपृष्ठ साताको पहिलो दिन सुनको मूल्य ३ सय रूपैयाँ घट्यो

साताको पहिलो दिन सुनको मूल्य ३ सय रूपैयाँ घट्यो

शुक्रबार २ सय रूपैयाँले घटेको सुनको मूल्य साताको पहिलो दिन पनि ३ सय रूपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा सुनको कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको छ । शुक्रबार एक हजार २७५ रूपैयाँ मूल्य निर्धारण भएको चाँदी आइतबारको लागि १ हजार २६० रूपैयाँ मूल्य तोकिएको महासंघले जनाएको छ । आज चाँदी १५ रूपैयाँले घटेको हो ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु