गृहपृष्ठ साताको अन्तिम दिन सुनको मूल्य स्थिर
साताको अन्तिम दिन सुनको मूल्य स्थिर
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन बिहीबारकै मूल्य अर्थात ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य बिहीबारकै मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्यमा भने आज तोलामा ४० रूपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:१९ बजे

















