गृहपृष्ठ एकै दिन थपिए ९६ हजार कोरोना संक्रमित, साढे पाँच हजारको मृत्यु
एकै दिन थपिए ९६ हजार कोरोना संक्रमित, साढे पाँच हजारको मृत्यु
विश्वभर ३९ लाख साढे १३ हजार संक्रमित, २३ लाखको उपचार हुँदै
एकै दिनमा कोरोना संक्रमितको संख्या ९६ हजारभन्दा थपिएको छ । बिहीबार मात्रै ९५ हजार ३२५ जनामा नयाँ संक्रमण देखा परेको संख्या शुक्रबार झन् बढेको छ । शुक्रबार ९६ हजार १७७ जनामा नयाँ संक्रमण देखा परेको हो । अहिले विश्वभर कोरोना संक्रमितको संख्या ४० लाखको हाराहारीमा छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख १३ हजार ५५९ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । शुक्रबार मात्रै पाँच हजार ५८५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या दुई लाख ७० हजार ४२२ पुगेको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार संक्रमितमध्ये १३ लाख ४१ हजार डिस्चार्ज भइसकेका छन् भने २३ लाख दुई हजार १३६ जना उपचाररत छन् । त्योमध्ये पनि ४८ हजार ९६२ जनाको अवस्था गम्भीर रहेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा अहिलेसम्म ७६ हजार ९२६ जनाले ज्यान गुमाइसकेका छन् भने १२ लाख ९२ हजार ५९४ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये दुई लाख १७ हजार २५० जना डिस्चार्ज भइसकेका छन् भने ९ लाख ९८ हजार ४१८ जना उपचाररत छन् । त्यस्तै १६ हजार ९९५ जनाको अवस्था गम्भीर रहेको छ । एकै दिनमा मात्रै अमेरिकामा दुई हजार १२७ जनाले ज्यान गुमाए भने २९ हजार ५०२ जना नयाँ संक्रमित देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०७:३० बजे

















