गृहपृष्ठ विश्वभर १४ लाख ३६ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर १४ लाख ३६ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

अमेरिकामा ज्यान गुमाउनेको संख्या ८० लाख नाघ्यो, १३ लाख ४७ हजार संक्रमित

सांकेतिक तस्बिर

विश्वभर कोरोना संक्रमित १४ लाख ३६ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या बढ्दै गए पनि डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वभर ४० लाख ९८ हजार २८८ जना संक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै ८८ हजार ९९७ जना नयाँ संक्रमित थपिएको तथ्यांकले देखाएको छ । त्यस्तै एकै दिनमा चार हजार २४८ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटरका अनुसार अहिले विश्वभर दुई लाख ८० हजार २२४ जनाले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमितमध्ये २३ लाख ८१ हजार ८५८ जनाको उपचार भइरहेको छ । त्योमध्ये पनि ४७ हजार ६८५ जनाको अवस्था गम्भीर देखिएको छ ।

सबैभन्दा बढी अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । एकै दिनमा मात्रै अमेरिकामा २५ हजार ५२४ जना नयाँ संक्रमित देखा परेका छन् भने एक हजार ४२२ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ८० हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये दुई लाख ३८ हजार ७८ जनाले ज्यानको सफल उपचार भएको छ भने १० लाख २९ हजार १९४ जना उपचाररत छन् । त्योमध्ये पनि १६ हजार ८१६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु