गृहपृष्ठ बाँके र कपिलवस्तुमा थपिए कोरोनाका विरामी, संक्रमितको संख्या २१९ पुग्यो
बाँके र कपिलवस्तुमा थपिए कोरोनाका विरामी, संक्रमितको संख्या २१९ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार दिउँसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या २१९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका २२ वर्षीय एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी ३६ वर्षीय एक पूरुषमा कोरोना संक्रमण भएको छ ।
आज नयाँ थपिएको कोरोना संक्रमित दुई जनाकै अवस्था सामान्य रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


प्रकाशित समय १४:१० बजे

















