गृहपृष्ठ विश्वभर ४४ लाख २७ हजार व्यक्तिमा कोरोना संक्रमण, १६ लाख ५७ हजार ‘डिस्चार्ज’

विश्वभर ४४ लाख २७ हजार व्यक्तिमा कोरोना संक्रमण, १६ लाख ५७ हजार ‘डिस्चार्ज’

भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ९८ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २७ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ८८ हजार २१९ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ४४ लाख २७ हजार ५४३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ९८ हजार नाघेको ९८ हजार नाघेको छ । एकैदिनमा ५ हजार ३१४ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या दुई लाख ९८ हजार ५९ पुगेको स्वास्थ्य संगठनले जनाएको छ । संक्रमितमध्ये १६ लाख ५७ हजार ७३५ जनको सफल उपचार भएको छ । यो समाचार तयार पार्दासम्म २४ लाख ७१ हजार ७४९ जनाको उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ४५ हजार ९२० जनाको अवस्था गम्भीर देखिएको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा पनि ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ । बिहीबार बिहानसम्ममा अमेरिकामा ८५ हजार १९७ जनाको ज्यान गएको हो । त्यस्तै अहिलेसम्म १४ लाख ३० हजार ३४८ जनामा संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार संक्रमितमध्ये तीन लाख १० हजार २५९ जनाको सफल उपचार भएको छ भने १० लाख ३४ हजार ८९२ जना उपचाररत छन् । त्योमध्ये पनि १६ हजार ३४९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु