गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र
नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र
नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार बिहान थप ५ जनामा संक्रमण देखा परेको भन्दै विज्ञप्ति जारी गरेको मन्त्रालयले पछि पुनः सच्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, कपिलवस्तु, सर्लाही, जनकपुरका र महोत्तरीमा गरी ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका थिए ।

(स्वास्थ्य मन्त्रालयबाट जारी आधिकारिक विज्ञप्तिका आधारमा समाचार प्रकाशित भइसकेकाले जनमानसमा भ्रम र गलत तथ्य सम्प्रेषण भएकोमा न्युज कारोबार क्षमायाचना गर्दछ । -सम्पादक )
प्रकाशित समय ०८:२६ बजे

















