गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, १७ लाखभन्दा बढी डिस्चार्ज
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, १७ लाखभन्दा बढी डिस्चार्ज
एकै दिनमा थपिए ९५ हजार ५१९ जना संक्रमित, ४५ हजार ५६६ को अवस्था चिन्ताजनक
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ३०५ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या तीन लाख तीन हजार ७० पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४५ लाख नाघेको छ । एकै दिनमा मात्रै ९५ हजार ५१९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४५ लाख २१ हजार १७४ पुगेको हो ।
संक्रमितमध्ये १७ लाख दुई हजार ११३ जना डिस्चार्ज भइसकेका छन् भने २५ लाख १५ हजार ९९१ जना उपचाररत रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । उपचाररत ४५ हजार ५६६ जनाको अवस्था भने चिन्ताजनक रहेको स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी अमेरिकामा पनि ज्यान गुमाउेनको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ७०३ जनाले ज्यान गुमाएका छन् भने २६ हजार ३९८ जना नयाँ संक्रमित देखिएका छन् ।
अहिलेसम्म अमेरिकामा ज्यान १३ लाख ५६ हजार ७४५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये ८९ हजार नौ सयको ज्यान गइसकेको बताइएको छ भने तीन लाख १७ हजार ९८८ जना भने उपचारपछि घर फर्किएका छन् ।
अहिले अमेरिकामा १० लाख ५१ हजार ८५७ जनाको उपचार भइरहेको छ । तीमध्ये पनि १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित समय ०६:५५ बजे

















