गृहपृष्ठ आफ्ना नागरिक ल्याउन पश्चिम बंगालद्वारा १०५ रेलको व्यवस्था
आफ्ना नागरिक ल्याउन पश्चिम बंगालद्वारा १०५ रेलको व्यवस्था
भारतको पश्चिम बंगाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ ।
राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गरेका हुन् । लकडाउनका कारण अलपत्र परेका, पश्चिम बंगाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको बताइन् ।
‘हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,’ उनले भनिन् ।
आउन चाहने सबैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको पनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन्। उनले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विषेश रेलहरु पठाइने बताए । (एजेन्सी)
प्रकाशित समय ०७:२० बजे

















