गृहपृष्ठ लकडाउन फेरि कम्तीमा दुई हप्ता थप्ने सरकारको तयारी
लकडाउन फेरि कम्तीमा दुई हप्ता थप्ने सरकारको तयारी
कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले फेरि करिब २ हप्ता लकडाउन थप्ने तयारी गरेको छ ।
दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण एक महिलाको मृत्यु भएपछि सरकार लकडाउन लम्ब्याउने तयारी गरेको हो ।
आज बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप गर्ने बारे निर्णय हुने भन्ने बताइएको छ । गत बैशाख २५ गते थपिएको लकडाउनको म्याद भोली सोमबार सकिदैछ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन दुई महिना पुग्न लाग्दा नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ भने १ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १५:२६ बजे

















