गृहपृष्ठ नेपालमा नौ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या ३०४ पुग्यो
नेपालमा नौ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या ३०४ पुग्यो
नेपालमा कोरोनाका बिरामी ३०४ पुगेका छन् । सोमबार बिहान ८ः४५ बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा थप नयाँ ९ जनामा संक्रमण देखिएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार रौतहटको इशनारा नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पूरुषहरु र माधवनारायण नगरपालिका ३ का २८ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि संक्रमण भएको पुष्टि भएको छ । नयाँ संक्रमित थपिएका सबै जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

प्रकाशित समय ०९:१६ बजे

















