गृहपृष्ठ आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली, अपराह्नपछि केही ठाउँमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली, अपराह्नपछि केही ठाउँमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना

आज दिनभर अधिकांश ठाउँमा मौसम सफा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने आंशिक बदली भइरहेको छ ।

दिउँसो भने पहाडी भागहरुमा आंशिक बदली हुने र अरु बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । भने अपरान्हपछि भने पहाडी भागमा एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, राति देशको पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु