गृहपृष्ठ डडेल्धुरामा पहिलो कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ

डडेल्धुरामा पहिलो कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ

डडेल्धुरा जिल्लाको पहिलो कोरोना सक्रमित युवकको दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको परशुराम नगरपालिका १० का २८ वर्षीय युवकले कोरोना जितेका हुन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी दिए ।

डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन् । सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ७ पुगेको छ । ५ जना कैलाली र कञ्चनपुरका निको भएर घर फर्कि सकेका छन् भने बाँकेबाट अछामका संक्रमितले पनि कोरोना जिते सकेका छन् ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु