गृहपृष्ठ सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन् । उनीहरुमध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
योसँगै प्रदेशभित्र संक्रमितको संख्या ४३ पुगेको छ । प्रदेश बाहिर थप दुई जनाको उपचार भईरहेको छ भने एक जना डिस्चार्ज भईरसकेका छन् । शनिबार मात्रै सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा एक बालिकाको मृत्यु भईसकेको छ । सुदूरपश्चिममा ६ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन् ।
प्रकाशित समय १४:४८ बजे

















