गृहपृष्ठ तिब्बत सरकारद्वारा १ नम्बर प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण

तिब्बत सरकारद्वारा १ नम्बर प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले विभिन्न किसिमका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल-चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को-अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेका हुन् । करिब ७ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेसिन १ थान रहेका छन् ।

त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन-९५ माक्स ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोभ्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेसिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

उपलब्ध स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकको कोरोना परीक्षणमा छौँ, प्राप्त भएका सामग्रीहरुले थप सहयोग पुग्ने उनको भनाइ छ ।

साथै सामग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवादसमेत दिएका छन् । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तीव्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड- १९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु