गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, साढे ५३ हजारको अवस्था ‘चिन्ताजनक’
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, साढे ५३ हजारको अवस्था ‘चिन्ताजनक’
संक्रमितको संख्या ७० लाख नजिक, ३१ लाख ५७ हजारको उपचार हुँदै
विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । गएको २४ घण्टामै भाइरस संक्रमणबाट साढे चार हजारले ज्यान गुमाएपछि मृतकको संख्या चार लाख एक हजार ९६४ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर करिब ७० लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा एक लाख २९ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६९ लाख ७० हजार ६३० पुगेको हो ।
संक्रमितमध्ये ३४ लाख १० हजार ९९४ जनाको सफल उपचार भइसकेको छ भने ३१ लाख ५७ हजार ६७२ जनाको उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ । उपचाररतमध्ये पनि ५३ हजार ५८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २० लाखको नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै २२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १९ लाख ८८ हजार ५४४ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार नाघेको गएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार नाघेको छ ।
अमेरिकामा अहिलेसम्म सात लाख ५१ हजारभन्दा बढीको सफल उपचार भइसकेको छ भने ११ लाख २४ हजारभन्दा बढी व्यक्ति उपचाररत छन् ।
ब्राजिल, रसिया, स्पेन, युके, भारत, इटाली लगायतका देशहरुमा पनि दैनिक हजारौंको संख्यामा संक्रमित थपिएका छ्न् । सबैभन्दा पहिले फैलिएको चीनमा भने अहिले १/२ जनामा मात्र नयाँ संक्रमण दखिन्छ भने बाँकी सबै संक्रमितहरु केही समयअगाडि नै डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित समय ०७:३६ बजे

















