गृहपृष्ठ गोरखामा पनि पुग्यो कोरोना भाइरस, गण्डकी प्रदेशमा ११३ जनामा संक्रमण
गोरखामा पनि पुग्यो कोरोना भाइरस, गण्डकी प्रदेशमा ११३ जनामा संक्रमण
पोखरामा आइतबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित भेटिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको हो ।
आइतबार बिहान स्याङजा, बागलुङ, गोरखा र नवलपुरमा नयाँ संक्रमित थपिएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा स्याङजामा १४ जना, बागलुङमा, गोरखामा १०/१० जना र नवलपुरमा ४ जनामा संक्रमित थपिएका हुन् ।
स्याङजाको वालिङ नगरपालिका र भिरकोट गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि ४५ वर्षसम्मका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै गरी बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिकाका १७ देखि ४२ वर्षसम्मका क्वारेन्टिनमा बसेकालाई संक्रमण देखिएको हो ।
गोरखामा पहिलो पटक संक्रमण देखिएको छ । गोरखाको पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० देखि ४५ वर्ष उमेर समुहका पुरुषलाई देखिएको उनले बताए । त्यसै गरी हुम्सेकोट गाउँपालिकाका २० देखि ४५ वर्षीय पुरुषमा देखिएको छ । संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको शर्माले बताए । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लामा कोरोना संक्रमण भेटिएको छ ।
प्रकाशित समय ०७:५१ बजे

















