गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो, चार लाखभन्दा बढीको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो, चार लाखभन्दा बढीको मृत्यु
३४ लाख ५९ हजार ९६९ जनाको सफल उपचार, अमेरिकामा संक्रमितको संख्या २० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । गएको २४ घण्टामै एक लाख १६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ७० लाख ८६ हजार पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या चार लाख पाँच हजार २९४ पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब चार हजारले ज्यान गुमाएका थिए ।
विश्वभर कुल संक्रमितमध्ये ३४ लाख ५९ हजार ९६९ जनाको सफल उपचार भएको छ । त्यस्तै ३२ लाख २० हजार ७४० जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उपचाररतमध्ये पनि ५३ हजार ७५२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २० लाख ७ हजार ४४९ पुगेको हो । त्यस्तै अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार ४६९ पुगेको छ भने सात लाख ६१ हजार ७०८ जनाको सफल उपचार भएको छ ।
संक्रमितमध्ये ११ लाख ३३ हजार २७२ जनाको उपचार भइरहेको छ भने करिब १७ हजारभन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको छ । त्यसपछि ब्राजिल, रसिया, स्पेनलगायतका देशहरूमा पनि भाइरस बढ्दै गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय ०७:३९ बजे

















