गृहपृष्ठ पोखरामा कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
पोखरामा कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
पोखरामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
गण्डकी कोरोना अस्पताल पोखरामा उपचारमा रहेका स्याङ्जा जिल्ला वालिङका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनी गण्डकी पर्देशबाट मृत्यु हुनुमध्ये पहिलो बेक्ति हुन । उनी हिजो गण्डकी प्रदेश पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारका लागि आएका थिए । उनलाई कोरोना संक्रमणका कारण आईसोलेसनमा हिजो भर्ना भएका थिए ।
संक्रमित उनी २१ गते भारतबाट वालिङ आएका थिए । २२ गते पोखरा उपचारका लागि आएका थिए । उनको मृगौलामा पनि समस्या थियो । अहिले सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित समय ०८:१७ बजे

















