गृहपृष्ठ गण्डकी प्रदेशमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ११५ पुग्यो

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ११५ पुग्यो

पोखरामा सोमबार थप १ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित भेटिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको हो ।

सोमबार बिहान पोखरा महानगरपालिका स्थायी ठेगाना भई पोखरा महानगरपालिकाको आइसोलेसनमा रहेका वर्ष ४२ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

आइतबार गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रि-आइसोलेसनमा रहेका स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका ६० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उपचारत उनलाई गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार मृतक घोषणा गरेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु