गृहपृष्ठ नेपालमा कोरोना : १ लाख ७० हजार क्वारेन्टिनमा, कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा कोरोना : १ लाख ७० हजार क्वारेन्टिनमा, कुन प्रदेशमा कति संक्रमित ?

आइसोलेसनमा सबैभन्दा बढी प्रदेश २ मा ९७४ जना, बागमती प्रदेशमा ५७ जना

नेपालमा आइतबार साँझसम्ममा कोरोनाभाइरस (कोभिड १९) संक्रमित ३ हजार ४४८ सय भेटिएकोमा २ हजार ९६८ जना आइसोलेसनमा छन् । संक्रमितमध्ये ४६७ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोभिड १९ बाट १३ जनाले ज्यान गुमाइसकेका छन् । देशका सातै प्रदेशमा गरी १ लाख ७० हजार ७३२ क्वारेन्टिनमा छन् । सबैभन्दा बढी प्रदेश नं २ र ५ मा हजार जनाको हाराहारीमा संक्रमित भएका छन् ।

अहिलेसम्म नेपालमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ५ नं प्रदेशमा चार जनाले ज्यान गुमाएका छन् भने बागमती र कर्णाली प्रदेशमा ३/३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्रदेश २ मा १ जना, गण्डकीमा १ र सुदूरपश्चिम प्रदेशमा २ जना गरी १४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशअनुसार कोभिड १९ को अवस्था
प्रदेश १
आइसोलेसनमा रहेका संक्रमित १६८
डिस्चार्ज ९१
मत्यु ०
जम्मा संक्रमित २५९
क्वारेन्टिनमा रहेका व्यक्ति ४,३८८

प्रदेश २
आइसोलेसनमा रहेका संक्रमित ९७४
डिस्चार्ज १८६
मत्यु १
जम्मा संक्रमित १,१६१
क्वारेन्टिनमा रहेका व्यक्ति २२,२३२

बागमती प्रदेश
आइसोलेसनमा रहेका संक्रमित ५७
डिस्चार्ज ३२
मत्यु ३
जम्मा संक्रमित ९२
क्वारेन्टिनमा रहेका व्यक्ति ३,१९५

गणडकी प्रदेश
आइसोलेसनमा रहेका संक्रमित १०८
डिस्चार्ज ३
मत्यु १
जम्मा संक्रमित १११
क्वारेन्टिनमा रहेका व्यक्ति ५,३६३

प्रदेश ५
आइसोलेसनमा रहेका संक्रमित ९४४
डिस्चार्ज १३३
मत्यु ४
जम्मा संक्रमित १,०८१
क्वारेन्टिनमा रहेका व्यक्ति ३९,८९७

कर्णाली प्रदेश
आइसोलेसनमा रहेका संक्रमित ६२१
डिस्चार्ज ९
मत्यु ३
जम्मा संक्रमित ६३३
क्वारेन्टिनमा रहेका व्यक्ति ३२,०८२

सुदूरपश्चिम प्रदेश
आइसोलेसनमा रहेका संक्रमित ९६
डिस्चार्ज १३
मत्यु २
जम्मा संक्रमित १११
क्वारेन्टिनमा रहेका व्यक्ति ६३,५७५

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु