गृहपृष्ठ सार्कमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ११ हजार ८१३ को मृत्यु

सार्कमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ११ हजार ८१३ को मृत्यु

विश्वभर ७४ लाख ५१ हजार नाघ्यो संक्रमितको संख्या, ३७ लाख ३३ हजार डिस्चार्ज

दक्षिण एसियाली सहयोग संगठन (सार्क)मा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । बिहीबार बिहानसम्ममा मात्रै संक्रमितको संख्या हजारौंको संख्यामा बढेपछि संक्रमितको संख्या पाँच लाख ६ हजार ७२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार सार्कका ८ देशहरुका ज्यान गुमाउनेको संख्या ११ हजार ८१३ पुगेको छ । सबैभन्दा बढी भारतमा दुई लाद ८७ हजार १५५ जनामा संक्रमण देखिएको छ भने आठ हजार १०७ जनाले ज्यान गुमाएका छन् भने एक लाख ४० हजार ९७९ जनाको सफल उपचार भएको छ भने एक लाख ३८ हजार ६९ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सार्कमा सबैभन्दा बढी फैलिएको दोस्रो देशमा पाकिस्तान देखिएको छ । पाकिस्तानमा अहिलेसम्म एक लाख १३ हजार ७०२ जनामा कोरोना देखिएको छ दुई हजार २५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३६ हजार ३०८ जनाको सफल उपचार भएको छ । त्यस्तै बंगलादेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ८६५ पुगेको छ भने एक हजार १२ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा अहिलेसम्म १५ हजार नौ सय डिस्चार्ज भएका छन् भने ५८ हजारको उपचार भइरहेको छ । त्यस्तै अफ्गानस्थानमा ४०२ जनाले ज्यान गुमाएका छन् । सो देशमा अहिलेसम्म २२ हजार १४२ जनामा कोरोना देखिएको छ । त्यस्तै नेपालमा पनि दैनिक तीन सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् ।

बुधबार मात्रै नेपालमा थप २७९ जनामा कोरोना देखिएपछि संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ६७४ जनाले कोरोना जितेका छन् । त्यस्तै माल्दिभ्समा कोरोना संक्रमितको संख्या दुई हजार नजीक पुगेको छ भने ८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै श्रीलंकामा कोरोना संक्रमितको संख्या एक हजार ८६९ पुगेको छ भने ११ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भुटानमा अहिलेसम्म ५९ जनामा संक्रमण देखिएको छ । जसमा १८ जनाको सफल उपचार भएको छ भने ४१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु