गृहपृष्ठ रोल्पा विस्फोटका मृतक परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

रोल्पा विस्फोटका मृतक परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १८ गते साँझ बम विस्फोट हुँदा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका चार बालबालिकाका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

विस्फोटमा १४ वर्षीय नोकिराम डाँगी र गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीको मृत्यु भएको थियो। गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको थियो ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु