गृहपृष्ठ गण्डकी प्रदेशमा थप २ जनामा कोरोना, संक्रमित १९९ पुगे
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना, संक्रमित १९९ पुगे
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी जिल्ला बर्दघाट सुस्ता, देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनीहरुलाई नवलपरासी जिल्ला बर्दघाट सुस्ताको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:२० बजे

















