गृहपृष्ठ गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना, संख्या २४७ पुग्यो

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना, संख्या २४७ पुग्यो

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ । गण्डकी प्रदेशका दुई जिल्ला पर्वत र नवलपरासीमा २१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

पर्वतको फलेबास नगरपालिकाका वर्ष १९, २१ का दुई जना पुरुष र वर्ष ४६ की एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । त्यस्तै नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा वर्ष १८ देखि ३६ सम्मका १४ जना पुरुष, मधेविन्दु नगरपालिकाका वर्ष १६ र ३० का दुई जना पुरुष, कावासोती नगरपालिकाका ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ ।

उनीहरु सबै भारतबाट फर्किएको हुन् । उनीहरु सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले बताए । गण्डकी प्रदेशमा संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु