गृहपृष्ठ कोरोनाका कारण भारतमा एकैदिन दुई हजारभन्दा बढीको मृत्यु, कुन राज्यमा कति ?

कोरोनाका कारण भारतमा एकैदिन दुई हजारभन्दा बढीको मृत्यु, कुन राज्यमा कति ?

फाइल तस्बिर ।

भारतमा एकैदिन कोरोना भाइरसका कारण दुई हजारभन्दा बढीको ज्यान गएको छ । संक्रमण फैलिएको लामो समयसम्म पनि दैनिक रुपमा पाँच सयको हाराहारीमा नागरिक गुमाउदै आएको भारत गएको २४ घण्टामा भने २ हजार ४ जनाको ज्यान गएको छ । यो भारतमा सबैभन्दा बढी ज्यान गुमाएको पहिलो घटना हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ११ हजार ९२१ पुगेको छ । त्यस्तै ११ हजार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अहिले भारतमा संक्रमित हुने ३ लाख ५४ हजार १६१ पुगेको छ । त्यस्तै एकै दिनमा सञ्चो हुनेको संख्या पनि ७ हजार २२८ पुगेको छ । अहिलेसम्म १ लाख ८७ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी महाराष्ट्रमा एकै दिन २७ सय १ जना संक्रमित थपिएका छन् । महाराष्ट्रमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना संक्रमित भएका छन् त्यस्तै ज्यान गुमाउनेको संख्या मृतक ५ हजार ५३७ पुगेको छ ।

गएको २४ घण्टामा दिल्लीमा ४३७, तमिलनाडुमा ४९, गुजरातमा २८, उत्तर प्रदेशमा १८, राजस्थानमा ७, वेष्ट बंगालमा १०, मध्य प्रदेशमा ११, हरियाणामा १८, कर्नाटकमा ७, बिहारमा १, आन्ध्रप्रदेशमा २ जनाको ज्यान गएको छ । त्यस्तै तेलंगानामा ४, जम्मूकश्मीरमा १, पंजाबमा १, उत्तराखण्डमा १ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु