गृहपृष्ठ गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संख्या ७२९ पुग्यो
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संख्या ७२९ पुग्यो
गण्डकी प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ७२९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप नयाँ ३२ जना संक्रमितहरु थपिएका हुन् ।
गण्डकी प्रदेशका ८ जिल्ला अन्तर्गत लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखामा १, बाग्लुङमा ९, तनहुँमा १ र नवलपरासीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा हालसम्म ५२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय ०६:४७ बजे

















