गृहपृष्ठ रामदेवको कोरोना औषधी ‘कोरोनिल’ माथि भारतमा प्रतिबन्ध

रामदेवको कोरोना औषधी ‘कोरोनिल’ माथि भारतमा प्रतिबन्ध

भारतमा बाबा रामदेवको कम्पनीले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो ।

रामदेवको पतञ्जली आयुर्वेद लिमिटेड बजारमा ल्याएको औषधीको प्रचारमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले मन्त्रालयले विज्ञापन तत्काल रोक्न आग्रह गरेको छ ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । (एजेन्सी)

प्रकाशित समय ०६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु