गृहपृष्ठ अहिलेसम्मकै सबैभन्दा बढी थपिए कोरोना संक्रमित, एकै दिन ७४० जनामा संक्रमण

अहिलेसम्मकै सबैभन्दा बढी थपिए कोरोना संक्रमित, एकै दिन ७४० जनामा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ७४० जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म नेपालमा ३२ जनाको ज्यान गएको छ । शुक्रबार मात्रै एक जनाको ज्यान गएको उनले बताए । त्यस्तै ६ हजार १३९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । शुक्रबार नै ८२३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु