गृहपृष्ठ हिन्दुस्तान युनिलिभर र  इमामीबीच ब्रान्ड युद्ध

हिन्दुस्तान युनिलिभर र  इमामीबीच ब्रान्ड युद्ध

Brand war_NewsKarobar

भारतका दुई प्रमुख सौन्दर्य प्रशाधन उत्पादकहरू हिन्दुस्तान युनिलिभर लिमिटेड र इमामीबीच ब्रान्ड युद्ध सुरू भएको छ ।

अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलन सुरु भएपछि हिन्दुस्तान युनिलिभर लिमिटेडले आफ्नो उत्पादन ‘फेयर एन्ड लभ्ली’लाई रिब्रान्डिङ गरेर ‘ग्लो एन्ड लम्भी’ बनाउने निर्णय गरेको थियो । यससँगै सो कम्पनीले पुरुषका लागि सन् २००६ बाट उत्पादित हुँदै आएको ‘फेयर एन्ड लम्भी म्याक्स’लाई परिवर्तन गरेर ‘ग्लो एन्ड ह्यान्डसम’ बनाउने निर्णय गरेको थियो ।

सन् २००५ देखि ‘फेयर एन्ड ह्यान्डसम’ उत्पादन गर्दै आएको अर्को भारतीय कम्पनी इमामीले हिन्दुस्तान लिभरले आफ्नो ब्रान्ड चोरी गरेको आरोप लगाउँदै यसका विरुद्ध कानुनी उपचार खोज्ने बताएको छ ।

इमामीले यो नाममा आफ्नो ट्रेडमार्क अधिकार भएको भन्दै इमामीले हिन्दुस्तान लिभरले म्याक्स एन्ड लम्भीले ब्रान्ड नाम फेरेर समान नाम ‘ग्लो एन्ड ह्यान्डसम’ राखेकोमा कानुनी उपचार खोज्ने जनाएको हो ।

इमामीले यसअघि नै ‘इमामी ग्लो एन्ड ह्यान्डसम’ डिजिटल्ली रूपमा सार्वजनिक गरिसकेको भन्दै सम्बन्धित स्वीकृतिका लागि कम्पनीले आवेदन पनि गरिसकेको जनाएको छ । स्मरणीय छ, इमामी पुरुषहरूको सौन्दर्य क्रिमको बजारमा अग्रणी रहँदै आएको छ ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु