गृहपृष्ठ विश्वभर करिब ६९ लाख व्यक्तिले जिते कोरोना भाइरस

विश्वभर करिब ६९ लाख व्यक्तिले जिते कोरोना भाइरस

एकै दिन थपिए दुई लाखभन्दा बढी संक्रमित, ४५ लाख सात हजारको उपचार हुँदै

विश्वभर करिब ६९ लाख जना कोरोना संक्रमितले भाइरसलाई जितेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म ६८ लाख ९५ हजार २३८ जनाले भाइरस जितेका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर एक करोड १९ लाखभन्दा बढी संक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै करिब दुई लाखभन्दा बढी संक्रमित थपिएपछि संक्रमितको संख्या एक करोड १९ लाख ४९ हजार २८१ पुगेको हो । त्यस्तै पाँच लाख ४६ हजारभन्दा बढीको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै साढे ६ हजारभन्दा बढीको ज्यान गएपछि पाँच लाख ४६ हजार ६०१ पुगेको हो । त्यस्तै ४५ लाख सात हजार ४४२ को उपचार भइरहेको छ । त्यस्तै उपचार भइरहेकामध्ये ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या ३१ लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ५५ हजारभन्दा बढी संक्रमित थपिएपछि संक्रमितको संख्या ३० लाख ९७ हजार ८४ पुगेको हो । त्यस्तै एक लाख ३३ हजारको ज्यान गएको छ ।

अमेरिकामा संक्रमितमध्ये १३ लाख ५४ हजार ८६३ जना उपचारपछि घर फर्किएका छन् भने १६ लाख आठ हजार २४९ जनाको उपचार भइरहेको छ । त्यस्तै उपचार भइरहेका मध्ये १५ हजार ३७१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अमेरिकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु