गृहपृष्ठ नेपालमा २५५ जना थपिए कोरोना संक्रमित, संख्या १६ हजार ४२३ पुग्यो

नेपालमा २५५ जना थपिए कोरोना संक्रमित, संख्या १६ हजार ४२३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । गएको २४ घण्टामा मात्रै नेपालमा २५५ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ । बुधबारमात्रै नेपालमा चार हजार ५९६ जनाको परीक्षण गरिएको थियो ।

अहिलेसम्म ३५ जनाको ज्यान गएको छ भने सात हजार ७५२ जना उपचारपछि घर फर्किएका छन् । बुधबार मात्रै २५३ जनाले कोरोना भाइरस जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु