गृहपृष्ठ ११६ जना थपिए कोरोना संक्रमित, एकै दिन ६९७ जना डिस्चार्ज

११६ जना थपिए कोरोना संक्रमित, एकै दिन ६९७ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ११६ जना थपिएपछि संक्रमितको संख्या १७ हजार १७७ पुगेको हो । त्यस्तै आज एक जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ११ हजार २५ जना उपचारपछि घर फर्किएका छन् । गएको २४ घण्टामा मात्रै ६९७ जना उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै पाँच हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म नेपालमा दुई लाख ९८ हजार ८२९ जनाको परीक्षण गरिएको छ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु