गृहपृष्ठ सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टमा जुट्यो लगानी
सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टमा जुट्यो लगानी
सानिमा बैंकको अगुवाइमा सिजी सिमेन्टमा लगानी जुटेको छ । सानिमा बैंकको अगुवाइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेन्चुरी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबिआई बैंक गरी १० बैंकको सहभागितामा सिजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिको क्लिंकराइजेसन प्लान्टको क्षमता विस्तार गर्न २ अर्ब ३७ करोड ८० लाख थप गरी कुल ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ लगानी जुटेको हो । यससँगै प्लान्टको क्षमता १,९५० टिपिडीबाट २,९५० टिपिडीमा विस्तार गर्न सिजीलाई कर्जा उपलब्ध हुने भएको छ ।
बैंकहरुबीच २०७४ पुस ७ गते सहवित्तीयकरण सम्झौता भएकोमा असार ३० गते पूरक सहवित्तीयकरण सम्झौता भएको छ । सम्झौताका लागि आयोजित कार्यक्रममा अगुवा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सहअगुवा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय १६:५१ बजे

















