गृहपृष्ठ गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १२३९ पुग्यो

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १२३९ पुग्यो

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १२ सय ३९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा नयाँ ३ जना संक्रमितहरु थपिएका हुन् । गण्डकी प्रदेशको बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बागलुङको गल्कोट गाउँपालिकामा २ जना वर्ष २५ र ३५ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्याङ्जाको वालिङ नगरपालिकामा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु