गृहपृष्ठ विश्वभर संक्रमितको संख्या एक करोड ३७ लाख नजिक, एकै दिन दुई लाख ४० हजारमा संक्रमण
विश्वभर संक्रमितको संख्या एक करोड ३७ लाख नजिक, एकै दिन दुई लाख ४० हजारमा संक्रमण
अहिलेसम्म ८० लाख ३७ हजार संक्रमित डिस्चार्ज, ५० लाख ६७ हजारको उपचार हुँदै
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३७ लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ४० हजारभन्दा बढी संक्रमित थपिएपछि संक्रमितको संख्या एक करोड ३६ लाख ९१ हजार ६५९ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ८६ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ६ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएपछि मृतकको संख्या पाँच लाख ८६ हजार ८२१ पुगेको हो ।
त्यस्तै अहिलेसम्म ८० लाख ३७ हजार १७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने ५० लाख ६७ हजार ६६० जनाको उपचार भइरहेको छ । त्यस्तै अहिलेसम्म ५९ हजार ६१७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ७१ हजार ६७० जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३६ लाख १६ हजार ७४७ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ४० हजार नाघेको छ ।
गएको २४ घण्टामा मात्रै ९९७ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या एक लाख ४० हजार १४० पुगेको हो । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा १६ लाख ४५ हजार ९६२ जना संक्रमित डिस्चार्ज भएका छन् भने १८ लाख ३० हजार ६४५ जनाको उपचार भइरहेको छ । त्यस्तै उपचाररत १० हजार ९२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय ०९:४४ बजे

















