गृहपृष्ठ विश्वभर ९३ लाख ४९ हजार संक्रमित डिस्चार्ज

विश्वभर ९३ लाख ४९ हजार संक्रमित डिस्चार्ज

संक्रमितको संख्या एक करोड ५३ लाख ७४ हजार ३९४ पुग्यो

विश्वभर फैलिएको कोरोना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ९३ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै करिब ५० हजार संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ९३ लाख ४९ हजार ३१७ पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर एक करोड ५३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै करिब दुई लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या एक करोड ५३ लाख ७४ हजार ३९४ जना पुगेको छ ।
विश्वभर अहिलेसम्म ६ लाख ३० हजार २११ जनाले भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् भने ५३ लाख ९५ हजारको उपचार भइरहेको छ ।गएको २४ घण्टामा मात्रै सबैभन्दा धेरै ब्राजिलमा एक हजार २९३ जनाले ज्यान गुमाएका छन् भने ६५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

त्यस्तै एकै दिनमा अमेरिकामा एक हजार २०५ जनाको मृत्यु भएको छ भने ७१ हजार ९६७ जना थप संक्रमित देखिएका छन् । त्यस्तै भारतमा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएका छन् भने एक हजार १२० जनाको ज्यान गएको भारती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु