गृहपृष्ठ सुन तोलाको ५ सय रूपैयाँले बढ्यो

सुन तोलाको ५ सय रूपैयाँले बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ रूपैयाँ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु