गृहपृष्ठ १०९ जना थपिए कोरोना संक्रमित, एक जनाको ज्यान गयो

१०९ जना थपिए कोरोना संक्रमित, एक जनाको ज्यान गयो

नेपालमा शनिवार १०९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार मात्रै चार हजार ७५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा १०९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै कोरोनाकै कारण थप एक जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । त्यस्तै आज १०६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको हो ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु