गृहपृष्ठ एक करोड ८० लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस, ६६ हजारको अवस्था चिन्ताजनक

एक करोड ८० लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस, ६६ हजारको अवस्था चिन्ताजनक

विश्वभर एक करोड १३ लाख २६ हजार ४३३ जना उपचारपछि घर फर्किए

विश्वभर एक करोड ८० लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरस पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ६० हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक करोड ८० लाख १३ हजार १९१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ६ लाख ८८ हजारको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारको ज्यान गएको छ । त्यस्तै एक करोड १३ लाख २६ हजार ४३३ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै ५९ लाख ९८ हजारको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ६६ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ४७ लाख ६४ हजारभन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको छ । एकै दिनमा अमेरिकामा ५८ हजार ४२९ जनामा संक्रमण देखिएको छ । त्यस्तै एक लाख ५७ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार १२३ जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख ५७ हजार ८९८ पुगेको छ ।

अमेरिकामा कुल संक्रमितमध्ये २३ लाख ६२ हजार उपचारपछि डिस्चार्ज भएका छन् २२ लाख ४३ हजार ५१७ जनाको उपचार भइरहेको छ । त्यस्तै १८ हजार ७२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ । गम्भीर बिरामीलाई आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु