गृहपृष्ठ रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

Sanitizer_NewsKarobar प्रतिबिम्बात्मक तस्बिर

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ ।

कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस संक्रमण बढेका कारण लकडाउन गरिएको छ । जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए । उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए ।

‘ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले पत्रकारहरूलाई बताए । स्यानिटाइजरको नमूना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए । कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए,’ उनले रोयटर्स समाचार संस्थालाई बताए । ‘लकडाउनका कारण रक्सी उपलब्ध छैन । तर स्यानिटाइजर भने सजिलै पाइन्छन् ।’

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु