गृहपृष्ठ उपत्यकामा कोरोना परीक्षणका लागि तोकिए १४ अस्पताल
उपत्यकामा कोरोना परीक्षणका लागि तोकिए १४ अस्पताल
कोरोना भाइरसको प्रकोप फैलिएपछि सरकारले उपत्यकामा परीक्षणका लागि १४ अस्पताल तोकिएको छ ।
सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न उपत्यकाका पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार स्वास्थ्य मन्त्रालयले एक सूचना नारी गर्दै तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन गर्न सकिने बताएको छ ।
संकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुको नजिकका अस्पतालमा विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब परीक्षण गराउन अनुरोध गरेको छ ।

प्रकाशित समय १४:२९ बजे

















