गृहपृष्ठ नारायणी अस्पतालबाट दुई जना चिकित्सकसहित ८ जना डिस्चार्ज

नारायणी अस्पतालबाट दुई जना चिकित्सकसहित ८ जना डिस्चार्ज

नारायणी अस्थायी कोरोना विशेष अस्पतालबाट २ चिकित्सकसहित ८ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट मुक्त भएर वीरगञ्जका २ डाक्टर र एक महिलासहित ८ जना डिस्चार्ज भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले बताए । डिस्चार्ज हुनेमा वीरगञ्ज विर्ताका ४० वर्षीय डा. दिलिप चौरसिया, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ४५ वर्षीय डा. आरके सिंह रहेका छन् ।

यस्तै बाराको जितपुरका ३५ वर्षीया महिला, २० वर्षीय पुरूष, मोतिसरका २२ वर्षीय पुरूष, पर्साको बहुदरमाई नगरपालिका ७ निवासी ३३ वर्षीय पुरूष, वीरगञ्ज महानगरपालिका ६ रेशमकोठी निवासी २३ वर्षीय पुरूष र वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ३० वर्षीय पुरूष डिस्चार्ज भएको डा. सिंहले जानकारी गराए ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु