गृहपृष्ठ बंगलादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट संक्रमित
बंगलादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट संक्रमित
बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो,’ बंगलादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।
बंगलादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ । (रासस)
प्रकाशित समय ०७:५३ बजे

















