गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

एक करोड २८ लाख ९२ हजार ७४ जनाको सफल उपचार

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख १९ हजार ३५३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड १६ हजार ३०२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सात लाख ३३ हजार नाघेको छ । एकै दिनमा चार हजार ७८३ जनाले ज्यान गएपछि मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ५९२ पुगेको छ । त्यस्तै एक करोड २८ लाख ९२ हजार ७४ जनाको सफल उपचार भएको छ ।

कुल संक्रमितमध्ये ६३ लाख ९० हजार ६३६ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ६४ हजार ९३४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एक लाख ६५ हजार ६०६० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ५२५ जनाको ज्यान गएको थियो । त्यस्तै ५१ लाख ९९ हजार ४३१ जनामा संक्रमण देखिएको छ भने २६ लाख ६४ हजार ६१८ जनाको सफल उपचार भएको अमेरिकी स्वास्थ्य संस्थाले जनाएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै २२ हजार २१३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३० लाख ३५ हजार ५८२ पुगेको हो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ५९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या एक लाख एक हजार १३६ पुगेको हो ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु