गृहपृष्ठ गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संख्या १६८१ पुग्यो

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संख्या १६८१ पुग्यो

गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशअन्तर्गत छ जिल्ला तनहुँ २०, लमजुङ, कास्की, पर्वत, नवलपुर र स्याङजाका एकरएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँको भानु १४ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५ वर्षीय बालिकादेखि ५६ वर्षीय उमेर समूहका रहेका छन् । त्यस्तै स्याङजाको पुतलीबजार ३९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका ४९ वर्षीय पुरुष, लमजुङको सुन्दरबजारका ३२ पुरुष, पर्वतका पैयुँका २० वर्षीय पुरुष, नवलपुरको गैडाकोट २५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म १ हजार ४९३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु