गृहपृष्ठ थप ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे २५ हजार नाघ्यो

थप ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे २५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या साढे २५ हजार नाघेको छ । शुक्रबार मात्रै ५९४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या पनि १७ हजार नाघेको छ । गएको २४ घण्टामै २४० जना संक्रमितको सफल उपचार भएपछि डिस्चार्ज हुनेको संखया १७ हजार ७७ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा चार लाख ९४ हहजार ६१३ जनाको परीक्षण गरिएको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु